३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्ड छलफल



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नु अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

भोलि बिहीबार बस्ने सचिवालय बैठकको एजेण्डाबारे दुई अध्यक्षबीच छलफल भएको हो । गत भदौ १३ गते बस्ने भनिएको बैठक सचिवालय सदस्यद्वय इश्वर पोखरेल र रामबहादुर थापा सेल्फ आइसोलेसनमा बस्नुपरेका कारण स्थगित भएको थियो ।

बैठकमा पार्टीको विवाद समाधान कार्यदलले अध्यक्षद्वयलाई बुझाएको सर्वसम्मत प्रतिवेदनमाथि छलफल हुने बताइएको थियो ।

तर, बिहीबारको बैठकमा त्यो एजेण्डाबाहेक राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन हुने राष्ट्रियसभाको रिक्त एक पदबारे पेचिलो बहस हुनसक्ने बताइएएको छ ।

यसअघिको सचिवालय बैठकले गत फागुनमा उपाध्यक्ष बामदेव गौतमलाई सो पदका लागि सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री ओलीले त्यस पदमा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्त गर्न चाहन्छन् ।

गत बैशाख २० मा भएको सचिवालय बैठकबाट फागुनको निर्णय फेरिएको ओली पक्षको बुझाई छ । तर, सो पदमा गौतमले आफु नै जान सार्वनिक इच्छा व्यक्त गरिसकेका छन् ।

राष्ट्रिय सभाका रिक्त १८ पदको निर्वाचनको समयमा प्रधानमन्त्री हुन नसक्ने स्थानमा सांसद नबन्ने अड्डी लिएका गौतमलाई यतिबेला सांसद पद जसरी पनि चाहिएको छ । त्यसकारण उनले सार्वजनिक रुपमै अब प्रधानमन्त्रीले आफ्नोबारेमा सिफारिस गर्छन् कि गर्दैनन् भनेर प्रश्न गरेका छन् ।

तर, प्रधानमन्त्री ओलीले जसरी पनि खतिवडालाई सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन् । यसका लागि प्रधानमन्त्रीले दुई महिना अघि नै खतिवडाको सिफारिस राष्ट्रपतिसमक्ष बुझाइसकेको स्रोतले दाबी गरेको छ ।

खतिवडाको सांसद बिनाको मन्त्रीको कार्यकाल यही भदौ २० गते सकिँदैछ । त्यसकारण, विवाद समाधान उन्मुख देखिएको नेकपामा बिहीबारको बैठकमा नयाँ लफडा हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ६ : १९ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता