७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा थप १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बुधबार साँझ श्वास प्रश्वासमा समस्या तथा उच्च ज्वरो आएर अस्पताल अस्पताल पुगेकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । कोरोनासंग मिल्दो लक्षण भएपछि बुधबार नै उनको पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो ।

कोरोना बिशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभए पछि उनलाई प्रादेशिक अस्पतालकै आइसालेसनमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए।

अक्सिजनको सहायतामा उपचार गरिएको उनलाई गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

आज भएको मृत्युसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ९ : ०१ बजे

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल