९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

ढुंगा खसेर गम्भिर घाईते बालिकाको बुटवलका अस्पतालले समयमै उपचार नगर्दिँदा मृत्यु



बुटवल । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालसहित निजी अस्पतालहरुले समयमै उपचार नगर्दिएपछि अनुनयविनय गरेर जेनस अस्पतालमा भर्ना भएकी ढुंगा खसेर गम्भिर घाईते ३ बर्षीया करिस्मा चौहानको उपचारका क्रममा मृत्यु भएको छ ।

पाल्पा तिनाउ गाँउपालिका ३ श्रीडाँडा माईत आएका बेला माईती दाईको घर माथिबाट ढुंगा खसेर गम्भिर घाईते भएका १९ वर्षीया आमा समीक्षा चौहानलाई लुम्बिनी सिटी अस्पतालले मंगलबार राती मृत घोषणा गरेको थियो । उनकी ३ वर्षीया छोरीको भने उपचारका क्रममा जेनस अस्पतालमा बिहीबार बिहान मृत्यु भएको छ ।

ढुगा खसेर गम्भिर घाईते भएका दुईजनाको उपचारका लगि बुटवलमा प्रायः सबै अस्पताल चाहार्दा पनि अस्पतालहरुले उपचार गर्न नमानेको तिनाउ ३ का वडा अध्यक्ष प्रेम पाण्डेले खुलासा गरेका थिए ।

धेरै अनुनयविनय गरेपछि जेनस अस्पतालले बल्ल तल्ल भर्ना लिएकी बालिकाको आज ८ः४५ बजे मृत्यु भएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुहोस : भिरबाट ढुंगा खसेर घाईते भएकी महिलाको अस्पताल चाहार्दा चाहार्दै ज्यान गयो

बुटवलका निजी अस्पतालहरुले छानी छानी उपचार गर्ने पद्दतीको अन्त्य गर्नुपर्ने उनले बताए ।

अस्पताल खोलेर बस्ने तर बिरामीलाई नछुने, प्रेसर समेत नहेरिदिने र ज्वरो समेत ननापिदिने अस्पताललाई कारवाही हुनुपर्ने पाण्डेले माग गरे । ‘समयमा उपचार पाएको भए आमा र बच्चाको मृत्यु नहुन पनि सक्थ्यो’, उनले भने ।

घाईते बोकेर ४ घण्टा बुटवलमा अस्पताल घुमाउदा पनि उपचार नपाएको र अन्त्यमा लुम्बिनी सिटी अस्पतालले आमा समिक्षाको मृत्यु भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : ४१ बजे

प्रचण्डसहितको माओवादी टोलीलाई बागलुङ नगरपालिकामा सम्मान

बागलुङ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा हिँडेको माओवादी केन्द्रका अध्यक्ष

वन उपभोक्ताको हकहित सुरक्षित गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक वन उपभोक्ताहरूको

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल

सिक्टा सिँचाइको पूर्वी मूल नहरमा शाखा नहर निर्माण सुरु

नेपालगन्ज । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले पूर्वी मूल नहरमा

पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री