७ आश्विन २०८३, बुधबार | September 23, 2026

ढुंगा खसेर गम्भिर घाईते बालिकाको बुटवलका अस्पतालले समयमै उपचार नगर्दिँदा मृत्यु



बुटवल । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालसहित निजी अस्पतालहरुले समयमै उपचार नगर्दिएपछि अनुनयविनय गरेर जेनस अस्पतालमा भर्ना भएकी ढुंगा खसेर गम्भिर घाईते ३ बर्षीया करिस्मा चौहानको उपचारका क्रममा मृत्यु भएको छ ।

पाल्पा तिनाउ गाँउपालिका ३ श्रीडाँडा माईत आएका बेला माईती दाईको घर माथिबाट ढुंगा खसेर गम्भिर घाईते भएका १९ वर्षीया आमा समीक्षा चौहानलाई लुम्बिनी सिटी अस्पतालले मंगलबार राती मृत घोषणा गरेको थियो । उनकी ३ वर्षीया छोरीको भने उपचारका क्रममा जेनस अस्पतालमा बिहीबार बिहान मृत्यु भएको छ ।

ढुगा खसेर गम्भिर घाईते भएका दुईजनाको उपचारका लगि बुटवलमा प्रायः सबै अस्पताल चाहार्दा पनि अस्पतालहरुले उपचार गर्न नमानेको तिनाउ ३ का वडा अध्यक्ष प्रेम पाण्डेले खुलासा गरेका थिए ।

धेरै अनुनयविनय गरेपछि जेनस अस्पतालले बल्ल तल्ल भर्ना लिएकी बालिकाको आज ८ः४५ बजे मृत्यु भएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुहोस : भिरबाट ढुंगा खसेर घाईते भएकी महिलाको अस्पताल चाहार्दा चाहार्दै ज्यान गयो

बुटवलका निजी अस्पतालहरुले छानी छानी उपचार गर्ने पद्दतीको अन्त्य गर्नुपर्ने उनले बताए ।

अस्पताल खोलेर बस्ने तर बिरामीलाई नछुने, प्रेसर समेत नहेरिदिने र ज्वरो समेत ननापिदिने अस्पताललाई कारवाही हुनुपर्ने पाण्डेले माग गरे । ‘समयमा उपचार पाएको भए आमा र बच्चाको मृत्यु नहुन पनि सक्थ्यो’, उनले भने ।

घाईते बोकेर ४ घण्टा बुटवलमा अस्पताल घुमाउदा पनि उपचार नपाएको र अन्त्यमा लुम्बिनी सिटी अस्पतालले आमा समिक्षाको मृत्यु भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ९ : ४१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज