४ पुस २०८२, शुक्रबार | December 19, 2025

८८ वर्षीय वृद्धले जिते कोरोना भाइरसलाई, बाँकेमा २४ जना डिस्चार्ज हुँदै



नेपालगन्ज । वृद्ध, दीर्घरोगी र अशक्तहरुले कोरोना भाइरसलाई जित्न सक्दैनन् भन्ने भनाईलाई चुनौती दिँदै बाँकेमा भने धमाधम ८० वर्ष कटेका वृद्धहरु संक्रमण मुक्त हुँदै घर फर्केका छन् ।

८५ वर्षीय कोरोना मुक्त भएर घर फर्केको अर्को साता अर्का ८८ वर्षीय वृद्धले कोरोना भाइरसलाई जितेर डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आज ८८ वर्षीय वृद्धसहित नेपाली सेनाका १७ र अन्य गरेर २४ जना कोरोना मुक्त भइ बिहीवार डिस्चार्ज हुने स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बाँके जानकीका ८८ वर्षीय एक वृद्धसहित ५ जना, मध्यपश्चिम पृतना शिक्षालय कौशिलानगर कोहलपुरका १७ जना नेपाली सेना र नेपालगन्जका २ जना गरी २४ जना आज डिस्चार्ज हुन लागेका हुन् ।

आज डिस्चार्ज हुन लागेकाहरु समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या ७ सय ८३ पुगेको छ ।

भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई विभिन्न आईसोलेशनमा राखेर उपचार सुरु गरीएको थियो ।

आईसोलेशनमा १४ दिन बिताएका र कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएका व्यक्तिहरुलाई मात्र डिस्चार्ज गर्न लागिएको उनले बताए ।

बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये, ६ जनाको मृत्यु भइसकेको छ । बाँकेमा विभिन्न आइसोलेसनमा ३ सय ६ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  १० : १६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको