३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बिहीबार थपिए १२ सय २८ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ४४५ जना



काठमाडौं । बिहीबार देशभर कोरोना भाइरसका १२ सय २८ जना संक्रमित थपिएका छन् ।

१३ हजार ४१३ नमुना पीसीआर परीक्षणमा १२ सय २८ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । जसअनुसार महिला ३९४ जना र पुरुष ८३४ जना रहेका छन् ।

यससँगै देशभर अहिलेसम्म ४२ हजार ८७७ जना संक्रमित पुगेका छन् ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसअनुसार संस्थागत आइसोलेसनमा १० हजार ६७१ रहेका छन् । यस्तै, होम आइसोलेसनमा७ हजार ७४२ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ४४५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै ३५७ जना थपिएका छन् । ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।

देशभर २४ घण्टामा ९१७ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २४ हजार २०७ जना जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ४ : २३ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।