२ पुस २०८२, बुधबार | December 17, 2025

बाँकेमा थपिए ३९ नयाँ कोरोना संक्रमित



नेपालगन्ज । बाँकेमा बिहिबार ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट १० महिला र २९ पूरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बिहिबार थपिएका संक्रमितहरुमा नेपालगन्ज उपमहानगरबाट १४ जना छन् भने कोहलपुर नगरपालिकाका १९ जना छन् । त्यसैगरि भेरी अस्पतालका कर्मचरी ३ जना, जिल्ला प्रहरी कार्यालयका १ जना र बाँके बाहेक ठेगाना रहेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

बिहिबार थपिएसँगै बाँकेमा जम्मा संक्रमितहरुको संख्या ११३४ जना पुगेको छ । बाँकेबाट ७७३ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ६ जनाको मृत्यु भएको छ । बाँकेमा अहिले ३४५ जना बिभिन्न आइसोलसनमा बसेर उपचार गराईरहेका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

बाँकेमा संक्रमित थपिने क्रमसँगै डिस्चार्ज हुनेको संख्या पनि थपिँदै गएको छ । बिहिबार नै बाँकेबाट २४ जनाको डिस्चार्ज भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ४ : ३३ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन