२९ पुस २०८१, सोमबार | January 13, 2025

धनुषामा बिहीबार मृत्यु भएका भारतीय नागरिकलाई कोरोना संक्रमण पुष्टि



जनकपुरधाम । धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको थियो । तर उनको आज मात्र कोरोना पुष्टि भएको छ ।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए ।

नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १ : ३३ बजे

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न

पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ