२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बाँकेमा थपिए ४० संक्रमित, बर्दियामा एकाघरका ४ जनामा संक्रमण



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कायाएलय बाँकेका अनुसार बाँकमा २५ जना पुरुष र १५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी प्रयोगशालामा भएको पीसीआर परीक्षणमा नेपालगन्जका २४ जना, राष्ट्रिय वाणिज्य बैंकका ५ जना कर्मचारी, नेपाल प्रहरी ४ जना , डुडुवा गाउँपालिकाका ४ सहित ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए ।

आज थपिएसँगै बाँकेमा ११७९ जनामा संक्रमणि पुष्टि भएको छ भने ८०३ जनाको डिस्चार्ज भएको र ६ जनाको जिल्लामा मृत्यु भएको छ ।

उता बर्दियामाको बारबर्दिया नगरपालिका वडा नं. ३ का एउटै घर परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एकै घरका ४ जना सहित वडा नम्वर ३ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बारबर्दिया नगरपालिका वडा नं. ३ घर भएका २५ बर्षीय व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिहरुको परिक्षण गर्दा शुक्रबार उनकै घरकाचार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पहिलो संक्रमण देखिएका उनले बारबर्दियामा सैलुन व्यवसाय सञ्चालन गर्दै आएका थिए । बारबर्दिया नगरपालिकाका जनस्वास्थ्य निरिक्षक गोविन्द पौडेलका अनुसार संक्रमण पुष्टि भएका अन्य दुइजना मध्ये एक जना उनैका घरवेटी हुन् ।

यो संगै बर्दियामाकोरोना संक्रमितको कुलसंख्या ३ सय ५७ पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ०१ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्