६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

शुक्रबार ६०१ नेपाली फर्किए स्वदेश



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी शुक्रबार ७ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६ सय १ यात्रु नेपाल आएका छन् ।

हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १ सय ५६ र दोहाबाट १ सय ४५ यात्रु काठमाडौं ल्याएको छ । यस्तै कोरियन एयरले सिओलबाट १९८ यात्रु ल्याएको छ । नेपालबाट फर्किदा ४ यात्रु लगेको छ ।

फलाई दुबईले दुबईबाट १५२ यात्रु काठमाडौं ल्याएको छ । शुक्रबार नेपाल एयरलाइन्सले हङकङबाट ४ हजार ८ सय ८७ किलो कार्गो नेपाल ल्याएको छ ।

कतार एयरवेजले १० हजार १३५ किलो कार्गो र २ शव नेपाल ल्याएको छ । शनिबार विभिन्न एयरलाइन्सका ७ अन्तर्राष्ट्रिय उडान हुने छन् ।

आन्तरिकतर्फ शुक्रबार ७ उडान भएका छन् । कैलाश हेलीले बुटवल र मुस्ताङ आर्मीको हेलीले बागलुङ, सीता एयरको सिमिकोट, बुद्ध एयरको लोकल र मनाङ एयरको हेलीले खोटाङ र लुक्ला उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ६ : ४९ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन