२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलमा थप दुइजना कोरोना संक्रमितको मृत्यु



बुटवल । कोरोना भाइरस संक्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा.गौतमले बताए ।

योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ७ : ०१ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व