४ पुस २०८२, शुक्रबार | December 19, 2025

भर्चुअल सेल्फ डिफेन्स हाप्किडो खेलमा नुवाकोट च्याम्पियन



काठमाडौं । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोकज टोली च्याम्पियन भएको छ ।

शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडीले स्वर्ण जिते । समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले आयोजक नुवाकोटलाई च्याम्पियन बनाएका हुन् । दाङको टोली दोस्रो तथा कास्की तेस्रो भयो । दाङका चेतन वली र गोपाल बि.के., कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण जितेका थिए ।

प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही दस हजार प्राप्त गरेको आयोजकका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । यस्तै, रजत जित्ने खेलाडीले सात हजार पाँच सय र कास्य पदक जित्ने खेलाडीले पाँच हजार प्राप्त गरेको उनले जानकारी दिए । सहभागी सबै खेलाडीहरुले प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ८ : १४ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ