६ बैशाख २०८१, बिहिबार | April 18, 2024

सीपीएल : सन्दीप आबद्ध जमैका ७ विकेटले पराजित



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सन्दीप लामिछानेको टिम जमैका तलावाज ७ विकेटले पराजित भएको छ ।

जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोस ट्रिन्डाडले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

जमैकाका लागि जर्मेन ब्ल्यावुडले ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रनको योगदान गरे । ग्लेन फिलिप्सले १७ रन बनाएका थिए । बार्बाडोसका लागि ज्यासन होल्डर, जोशु विश्वप र हेडियन वाल्सले एकरएक विकेट लिएका थिए ।

१ सय ६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले मात्र ३ विकेट गुमाएर लक्ष्य भेटायो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिन सफल भए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चिएर एक विकेट लिएका हुन् ।

बार्बाडोसलाई जिताउन महत्वपूर्ण योगदान गरेका जेशन होल्डरको विकेट सन्दीपले लिएका थिए । यसअघिको भेटमा जमैकालाई बार्बाडोसले ३६ रनले पराजित गरेको थियो । जमैकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : १० बजे

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका

बुटवलमा भोलि जितगढी उत्सव मनाइँदै, यस्तो छ युद्ध इतिहास

बुटवल । बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ