११ असार २०८३, बिहिबार | June 25, 2026

सीपीएलको उपाधि ट्रीनबागो नाइट राइडर्सलाई



काठमाडौं । वेष्ट इण्डिजमा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रीनबागो नाइट राइडर्सले जितेको छ ।

गएराति भएको फाइनलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले उपाधि जितेको हो । फाइनलमा जुक्सले दिएको १ सय ५६ रनको लक्ष्य नाइट राइडर्सले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

नाइट राइडर्सको जितमा लिन्डल सिमन्सले ८४, ड्यान ब्रावोले अविजित ५८ रनको योगदान दिए । बलिङमा जुक्सका स्कट कुग्लाइन र रोस्टन चेसले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको जुक्सले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५४ रन बनायो ।

उसका लागि आन्द्रे फ्लेचरले ३९, मार्क दयालले २९, नजीबुल्लाह जर्दानले २४, रोस्टन चेसले २२ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा नाइट राइडर्सका कप्तान किरण पोलार्डले ४, अलि खान, फवाद अहमदले २/२ र अकिल होसेनले १ विकेट लिए ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ७ : २२ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान