११ श्रावण २०८३, सोमबार | July 27, 2026

पर्वतका सबै स्थानीय तहमा कोरोना परीक्षण, सबै नेगेटिभ



पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ ।

पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ ।

जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ गाउँपालिकामा ११० जनाको स्वाब संकलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो ।

समुदायमा पुगेर स्वाब संकलन गरिएका ९ सय ४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए । उनका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट ट्रेसिङमा परेका २४० जनाको पनि नमूना संकलन गरी परीक्षण गरिएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

पर्वतमा गत ११ चैतपछि भारतबाट एक हजार ११३ र भारतबाहेक तेस्रो मुलुकबाट ३६१ व्यक्ति जिल्ला भित्रिएका छन् । उनीहरूसहित हालसम्म पर्वतमा दुई हजार १४० पुरुष र ३७८ महिला गरी दुई हजार ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ । पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङका गरी जम्मा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये १०३ उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले छ संक्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार ती संक्रमितको भोलि सोमबार स्वाब संकलन गरी पुनः परीक्षणका लागि पठाइने छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन ।

पर्वतमा समुदायमा कोरोना संक्रमण नफैलियोस् भनेर निषेधाज्ञालाई कडा पारिएको छ । पछिल्लो एक सातादेखि सार्वजनिक सवारीका साधनहरु पूर्णरूपमा बन्द गरिएका छन् भने जिल्ला भित्रिने सबै नाकाहरूमा सवारी जाँचमा कडाइ गरिएको छ ।

सदरमुकाम र पालिकास्तरमा समेत जनचेतनाका कार्यक्रमलाई प्रहरी र स्थानीय तहका कर्मचारीले निरन्तर प्रभावकारी बनाइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । रासस

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ७ : ३५ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत