११ श्रावण २०८३, सोमबार | July 27, 2026

चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि



चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राती १२ बजे प्रकाशित गरिएको नतिजा अनुसार चितवन, नवलपुर र कास्कीका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये चितवनका ३० जना रहेका छन् । जसमा भरतपुर महानगरपालिकाका २९ र राप्तीका एक जना रहेका छन् ।

संक्रमितहरु भरतपुर महानगरपालिका वा नम्बर २, ३,५,६,७,८,९,१०,१३,२२,१८ र २१ नम्बरका रहेका छन् । जस मध्ये पुरुष १८ र महिला ११ रहेको भरतपुर अस्पताल कोभिड-१९ प्रशिक्षण प्रयोशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन ।

साथै राप्ती नगरपालिका वडा नम्बर २ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबिच भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा नै गरिएको परिक्षणमा नवलपुरका ३ र कास्कीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिइन ।
१३४ जनामा परिक्षण गरिएको थियो ।

चितवनमा कोरोना संक्रमितको संख्या ९८७ पुगेको छ। अहिलेसम्ममा कोरोना संक्रमण भएका ११ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ७ : ५० बजे

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ