३ पुस २०८२, बिहिबार | December 18, 2025

चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि



चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राती १२ बजे प्रकाशित गरिएको नतिजा अनुसार चितवन, नवलपुर र कास्कीका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये चितवनका ३० जना रहेका छन् । जसमा भरतपुर महानगरपालिकाका २९ र राप्तीका एक जना रहेका छन् ।

संक्रमितहरु भरतपुर महानगरपालिका वा नम्बर २, ३,५,६,७,८,९,१०,१३,२२,१८ र २१ नम्बरका रहेका छन् । जस मध्ये पुरुष १८ र महिला ११ रहेको भरतपुर अस्पताल कोभिड-१९ प्रशिक्षण प्रयोशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन ।

साथै राप्ती नगरपालिका वडा नम्बर २ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैबिच भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा नै गरिएको परिक्षणमा नवलपुरका ३ र कास्कीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिइन ।
१३४ जनामा परिक्षण गरिएको थियो ।

चितवनमा कोरोना संक्रमितको संख्या ९८७ पुगेको छ। अहिलेसम्ममा कोरोना संक्रमण भएका ११ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ७ : ५० बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको