२ पुस २०८२, बुधबार | December 17, 2025

चौधरी ग्रुपको बर्दियास्थित चाउचाउ उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण



बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा रहेको चौधरी ग्रुपको चाउचाउ उद्योगका ४२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा सिजि ग्रुपका ४२ जना सहित जिल्लाका ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका ४३ जना मध्ये ३४ जना बाँसगढी नगरपालिकाका, ४ जना बढैयाताल गाउँपालिका र ५ जना बर्दिया जिल्ला बाहिरका हुन् । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमित पुष्टि भएका मध्ये ४२ जना बाँसगढीमा रहेको सिजी फुड कम्पनीमा कार्यरत कर्मचारी हुन् । संक्रमण पुष्टि भएकामा २९ जना महिला मात्र रहेका छन् ।

यस अघि सोही कम्पनीमा कार्यरत २ जनामा संक्रण पुष्टि भएको थियो । उनीहरुको सम्पर्ककोको आधारमा पिसिआर परिक्षण गर्दा धेरै जनामा संक्रमण देखिएको प्रमुख गिरीले बताए ।

बर्दियामा पहिलो पटक भारी मात्रामा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड १९ संकट व्यवस्थापन समितिको वैठक बसेको छ । व्यवस्थापन समितिले बाँसगढी नगरपालिका पुरै शिल गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायण ढकालले नगरपालिकाको चारै सिमाना २२ गते विहान ६ बजे २८ गते सम्मको लागि पुर्ण रुपमा शिल गरीएको बताएका छन् ।

पुर्वपश्चिम राजमार्गको लागि अन्य जिल्लाबाट आवत जावत गर्नको लागि खुल्ला गरीएको छ । बर्दियामा हाल सम्म कुल संक्रमितको संख्या चार सय सात पुगेको छ ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ८ : ०० बजे

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न