८ बैशाख २०८१, शनिबार | April 20, 2024

बाँकेमा कोरोना संक्रमित एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका-९ का ५९ बर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको हो ।

गत भाद्र १३ गते स्वास्थ्यमा समस्या भएपछि कोरोनाको आशंकामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सेल्फ पेड आइसोलेसन होटल ईन्द्रेणी न्यूरोडमा बसेर उपचार गराईरहेका थिए ।

आईतबार मध्यान्ह स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । उपचारकै क्रममा राती ८ः३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बांकेका अधिकृत तथा कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । उनलाई पहिले ३ बर्षदेखि मधुमेह र ५ बर्ष पहिलेदेखि मुटुको रोग रहेको पारिवारीक श्रोतले बताएको छ ।

आईतबार भएको मृत्युसँगै बाँकेमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : ३५ बजे

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका