२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

धवलागिरि अस्पतालका कोरोनामुक्त स्वास्थ्यकर्मी घिमिरे प्लाज्मा दिन तयार



बागलुङ । कोरोना सङ्क्रमणबाट मुक्त भएका धवलागिरि अस्पतालका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना सङ्क्रमितको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार रहेको बताएका छन् ।

धवलागिरि अस्पतालले प्लाज्मा थेरापी शुरु गरेमा आफूले रगतको प्लाज्मा दान गर्ने स्वास्थ्यकर्मी घिमिरेको भनाइ छ ।

अस्पतालले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का बिरामीको उपचार थाल्न तयारी अघि बढाएको छ ।

कोरोना सङ्क्रमणले गम्भीर स्थितिमा पुगेका बिरामीलाई निको भइसकेका व्यक्तिको रगतको प्लाज्मा चढाएर उपचार गर्ने गरिन्छ । रगतमा रेड ब्लुड सेल (आरबीसी), प्लेटलेट्स र प्लाज्मा (लिक्विड) हुन्छ ।

दाताबाट रगत लिएर आरबिसी छुट्याइन्छ । त्यसपछि बाँकी रगतबाट प्लेटलेट्स पनि छुट्याइन्छ ।

बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा सङ्क्रमितको शरीरमा चढाइन्छ ।

यसले कोरोनासँग लड्ने क्षमता विकास गर्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय देशका विभिन्न अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न शुरु गरिएको छ ।

स्वास्थ्यकर्मी घिमिरे २६ दिनमा कोरोनामुक्त भएपछि शनिबार आइसोलेसनबाट घर फर्किएका थिए ।

 

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  २ : ४३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका-६ को

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

बागलुङ । लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत्

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली । कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको