२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कोरोना विरुद्धको खोप निर्माणमा धक्का, एक व्यक्ति बिरामी परेपछि अक्सफोर्डको परीक्षण स्थगित



कोरोना भाइरसविरुद्ध खोप निर्माण गरिरहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय खोपको क्लिनिकल ट्रायलमा रोक लगाएको छ ।

अक्सफोर्डको यस कदमबाट कोरोना विरुद्धको खोप छिट्टै बजारमा आउन सक्ने विश्वासमा रहेको विश्वलाई नै गम्भीर धक्का पुगेको छ ।

खोप उत्पादक कम्पनी एस्ट्राजेनको सहकार्यमा क्लिनिकलट ट्रायलमा सहभागी एक जना स्वयंसेवक बिरामी परेपछि तत्कालका लागि अक्सफोर्ड विश्वविद्यालयले खोप परीक्षणमा रोक लगाउन बाध्य भएको हो ।

एस्ट्राजेनकाले यसलाई नियमित रोक भनेको छ किनकी परीक्षणमा सामेल व्यक्ति बिरामी पर्नुको कारणबारे अहिलेसम्म कुनै पत्ता लागेको छैन । यस घटनाले अचम्मित बनाएको कम्पनीले जनाएको छ ।

अक्सोफोर्ड विश्वविद्यालयमा भैरहेको खोप परीक्षणलाई पुरै विश्वले आशाका साथ हेरिरहेको छ ।

विश्वका करिब एक दर्जन स्थानमा कोरोना खोपको परीक्षण भैरहेको छ । जसमा अक्सफोर्डको परीक्षण सबैभन्दा रहेको बताइएको छ ।

कोरोना विरुद्ध चीनका तीन वटा कम्पनी, अमेरिकाका दुई वटा लगायत रुस र भारतले समेत कोरोना विरुद्धको खोप बनाइरहेका छन् ।

रुसले स्पुतनिक ५ नामक खोपको उत्पादन लाइसेन्स नै जारी गरिसकेको छ । चीनको सिनोभ्याक कम्पनीले बनाउँदै गरेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल भैरहेको छ । रुसले यस

चीनले गत जुलाई देखि नै सेना र कोरोना विरुद्ध फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई खोप लगाइसकेको जनाएको छ । यसवर्षको अन्तसम्मसम्म खोपको व्यवसायिक उत्पादन गर्न सफल हुने चीनले दाबी गरेको छ ।

यद्यपी, विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रवक्ताले भने केहिदिन अघि सन् २०२१ को मध्यसम्म कोरोना विरुद्धको खोप आउन नसक्ने बताएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : २३ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक