१० श्रावण २०८३, आइतबार | July 27, 2026

पेट्रोलियम पाइपलाइनको एक वर्ष : ५३ करोड लिटर डिजेल आयात



काठमाडौं । नेपाल आयल निगमले मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करिब ५३ करोड लिटर डिजेल आयात गरेको छ ।

२४ भदौ २०७६ मा दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ ।

पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र पेट्रोलियम पर्दाथको गुणस्तर सुनिश्चित भएको छ ।

उनका अनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करिब ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार कामअघि बढाइएको निगमले जनाएको छ । रासस

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ६ : २६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले