१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

चट्याङ्ग लागेर बागलुङको ताराखोलामा एकको मृत्यु



बागलुङ । चट्याङ्ग लागेर बागलुङको ताराखोलामा बुधबार राति एक युवाको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङ्ग लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो ।

मोबाइल चार्जमा राख्नेक्रममा रहेका बेला चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले राति नै मृत घोषित गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रहरी नायव निरीक्षक युवराज सलामिले बताए ।

शव पोष्टमार्टमपछि बिहीबार परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  ७ : ५८ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना