९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

दुई गाउँबीच जडिबुटी निकासी विषयमा झडप



हुम्ला । खार्पुनाथ गाउँपालिका – ५ दुर्पा गाउँ र खर्पेलगाउँबासीबीच वनको जडिबुटी विषयमा बुधबार र बिहीबार झडप भएको छ ।

दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी सङ्कलन गरेका विषयलाई लिएर दुई गाउँका नागरिकबीच झडप भएको हो ।

दुर्पा गाउँबासीले मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी निकासी गर्न बन्द गरेका अवस्थामा छिमेकी खर्पेलगाउँबासीले जडिबुटी सङ्कलन गर्दा झडप भएको हो । झडपबाट दुर्पा गाउँका अविर ऐडी घाइते भई जिल्ला अस्पतालमा उपचार भएको छ । अन्य सात जना सामान्य घाइते भएका छन् ।

खर्पेलगाउँका युवाबाट बुधबार कुटिएर घाइते भएका दुर्पा गाउँबासीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा पुनः खर्पेल गाउँका युवा समूहले खार्पुदोभानमा आफूहरुमाथि हातपात गर्न खोजेको मालिकादेवी सामुदायिक वनका अध्यक्ष मन्दिर ऐडीले जानकारी दिए ।

उनले बिरामी ल्याएर आउने क्रममा खार्पुदोभानमा आफूहरुलाई हातपात गर्न खोजेको जनाउँदै खार्पु प्रहरीचौकी नभएको भए आफूहरुलाई झन् समस्या निम्तिने अवस्था रहेको बताए ।

झडपमा घाइते भएका बिरामी लिएर आएको समूहमाथि हातपात गर्न खोज्दा प्रहरीले उनीहरुलाई लखेटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

मालिकादेवी सामुदायिक वनका पदाधिकारीले केही दिन अगाडि मात्रै उक्त वन क्षेत्रको पूर्व भीमदुला, पश्चिम डाङ्गेडुङ्ग र स्याङ्गरी, उत्तरमा मोधे, पिरेउते, ठेग्ना र लाग्ना, दक्षिणमा थारेकोटभित्र जडिबुटी तथा वन पैदावार संकलन र निकासी गर्न प्रतिबन्ध लगाएका थिए । रासस

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ६ : ३० बजे

नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय

रविलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

काठमाडौं । वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको

कोहलपुर मालपोतका खरिदार पाण्डेसहित एकजना विचौलिया र एकजना सहयोगी पक्राउ

कोहलपुर । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार