४ पुस २०८२, शुक्रबार | December 20, 2025

लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री प्रदान



बुटवल । लायन्स क्लव अफ बुटवल क्यापिटलद्धारा रुपन्देहीका सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री प्रदान गरिएको छ ।

कोरोना नियन्त्रणका लागि अग्र भागमा खटिनु पर्ने सुरक्षा कर्मीलाई राहात प्रदान होस भन्ने उद्देश्यले सुरक्षा सामाग्री प्रदान गरिएको लायन्स क्लव अफ बुटवल क्यापिटलकी अध्यक्ष रीता केसीले बताइन ।

शुक्रवार ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरलाई साढे २ लिटर सेनिटाईजर ३ सय पीस सर्जिकल मास्क, प्रदान गरेको संस्थाका सचिव प्रकाश खनालले बताए ।

त्यसैगरि ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरिक्षक रुम बहादुर केसी, देविनगर प्रहरी चौकीका प्रमुख भरत थापा, डाईवरटोल चौकीका प्रमुख राम बहादुर थापा ,प्रहरी चौकी योगिकुटीका प्रमुख विमला नेपाली, नयाँगाउँ प्रहरी चौकीका प्रमुख गोकर्ण चौहान बुटवल नयाँ बसपार्कका प्रहरी हल्दार गौरव भुजेललाई सुरक्षा सामाग्री प्रदान गरिएको छ ।

सम्बन्धित कार्यालयमा पुगी सुरक्षा सामाग्री प्रदान गरिएको हो । उक्त कार्यमा संस्थाकी उपाध्यक्ष मीना जि.सी, कोषाध्यक्ष धर्मराज शर्मा, सहकोषाध्यक्ष प्रभा अर्याल, सावित्री न्यौपाने लगायतको सहभागितामा करिव ३० हजार बरावरको सुरक्षा सामाग्री प्रदान गरिएको क्लबले जनाएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ९ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको