२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बजार व्यवस्थापनमा सरकारको नियन्त्रण आवश्यक



काठमाडौं । बजार व्यवस्थापनका लागि सरकारको नियन्त्रण भएन भने आर्थिक क्षेत्रमा ठूलो अव्यवस्था सिर्जना हुने बताइएको छ ।

काठमाडौं महानगरको सहयोगमा सञ्चार केन्द्र नेपालले शुक्रबार आयोजना गरेको राजधानीको बजार अनुगमन र सुरक्षा व्यवस्था विषयको कार्यक्रममा वक्ताले बजार सबैको पहुँचमा राख्न र निर्यात घटाउँदै जान सरकारको बलियो उपस्थिति चाहिनेमा जोड दिए ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले सरकारका प्रतिनिधिले जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने काम गर्नुपर्ने बताए । महानगरका सहसचिव राजेश्वर ज्ञवालीले अनुगमन गर्ने जिम्मेवारी गृह प्रशासन, वाणिज्य तथा आपूर्ति विभाग, स्थानीय तह आदि विभिन्न निकायमा भएकाले प्रभावकारी हुन नसकेको बताउँदै स्थानीय तहको नेतृत्वमा स्रोतसाधन र जनशक्ति परिचालन गर्न सकिने कानूनी व्यवस्थामा जोड दिए ।

बजार अनुगमनका विषयमा काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको धारणा एउटै थियो । कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअ जनकराज दाहाल, नारायण भट्ट र हुमकला पाण्डेले बजार अनुगमनको प्रणाली एकीकृत हुनुपर्ने बताउँदै स्थानीय तहलाई उपभोक्ता हित संरक्षण र एकीकृत बजार अनुगमनका लागि कानून बनाउन सुझाव दिए । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : १३ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा