७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ



बैतडी । बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।

शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर किशोरीकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप गरिएको छ । पीडित बालिका आमासँग घर फर्किएकी प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ०४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल