१० श्रावण २०८३, आइतबार | July 27, 2026

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ



बैतडी । बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए ।

शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर किशोरीकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप गरिएको छ । पीडित बालिका आमासँग घर फर्किएकी प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १० : ०४ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले