१७ बैशाख २०८२, बुधबार | April 30, 2025

सीमा क्षेत्रको बगर संरक्षणमा स्थानीयवासी जुटे



कैलाली । कैलालीको टीकापुर–७ स्थित बगरमा परिणत भएको जमीन संरक्षणमा स्थानीय जुटेका छन् ।

वर्षौदेखि नदी कटान र पटान भएर खेती गर्न नसकिएको जमीनलाई स्थानीयले सामुदायिक वनका रुपमा विकास गर्न थालेका छन् । कैलालीको टीकापुर–७ कालाकुण्डा क्षेत्रमा मोहना नदी कटानले बनाएको बगरमा शुक्रबार वृक्षरोपण गरिएको छ ।

प्रस्तावित कालाकुण्डा सामुदायिक वनमा उपभोक्ताले चार हजार ५०० बिरुवा रापेका हुन् । बिरुवा रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरले उपलब्ध गराएको हो ।

प्रस्तावित सामुदायिक वनका अध्यक्ष भिउराज साउदले आयोजनासँग बिरुवा माग गरेर वृक्षरोपण गरेको बताए । ‘हामीले जमीन संरक्षणका लागि सामुदायिक वनका रुपमा विकास गर्ने योजना बनायौँ’, साउदले भने, ‘नदी कटानले हैरान भएका स्थानीय वृक्षारोपण भए नदी कटान न्यूनीकरण हुने आशामा छन् ।’

स्थानीयले वन बनाउन थालेपछि त्यहाँ सिसम, खयर, बेत, लिप्टिस, ताकी, कोइरालो, बकाइनो, सिरिस र अमालाका बिरुवा रोपिएका हुन् । केही वर्ष अघिसम्म भारतले आफ्नो दाबी गर्दै आएको त्यहाँ गत वर्ष नेपाल र भारतको संयुक्त सर्वे टोलीले सीमा स्तम्भ मर्मत गरेपछि नेपालकै जमीन भएको टुङ्गो लागेको हो ।

जमीन सधैँ बाझो रहने भएकाले स्थानीयस्तरमा छलफल गरी सामुदायिक वनका रुपमा विकास गर्न थालेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । ढुङ्गानाले भने, ‘अब वन बनाएर नदी कटान नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षण गर्नुका साथै डल्फिन क्षेत्रको विकास गर्नेछौँ ।’

स्थानीयस्तरबाट वृक्षरोपण गरी संरक्षण गर्न थालिएको जग्गा डल्फिन क्षेत्रको हो । मोहना नदीको किनारमा रहेको जमीन संरक्षण गर्ने योजनाले नदी कटान नियन्त्रणमा सघाउ पुग्ने स्थानीयको अपेक्षा छ ।

साथै सामुदायिक रुपमा प्रयोग विहीन जमीन प्रयोग गरेमा स्थानीयलाई आवश्यक घाँस दाउरा जुटाउन समेत सहयोग पुग्ने संरक्षणकर्मी जयप्रसाद ढुङ्गाना बताउँछन् । ‘मोहना र पथरैया नदीको दोभानमा डल्फिन पाइन्छ । त्यस क्षेत्रलाई डल्फिन क्षेत्रका रुपमा विकास गरिरहेका छौँ’, जयप्रसाद भन्छन् । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १० : ०९ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने