११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बाँकेमा थपिए ३६ नयाँ संक्रमित, संक्रमितको संख्या १४०० नाघ्यो



नेपालगञ्ज । बाँकेमा शनिवार जिल्लाका ३६ जना सहित ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परीक्षणमा ५ जना संक्रमित थपिएका हुन् ।

शनिवार थपिएका संक्रमितमध्ये भुमि सुधार तथा मालपोत कार्यालय नेपालगञ्जका लेखा अधिकृतसहित ८ जना कर्मचारी र ७ जना सेवाग्राही रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा डीसीसीएमसीका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार नयाँ संक्रमितहरुमध्ये नेपालगञ्जका १५, कोहलपुरका ३, राप्तीसोनारीका १, बर्दियाका २ तथा दाङ र सखुवासभाका एकएक जना गरी ४० जना छन् ।

बाँकेमा आज थपिएसँगै बाँकेमा संक्रमण पुष्टि भएकाहरुको संख्या १४०४ पुगेको छ भने ८ जनाको मृत्यु भएको छ , जिल्लामा ९८५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ४ : १८ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै