१० श्रावण २०८३, आइतबार | July 27, 2026

बाँकेमा थपिए ३६ नयाँ संक्रमित, संक्रमितको संख्या १४०० नाघ्यो



नेपालगञ्ज । बाँकेमा शनिवार जिल्लाका ३६ जना सहित ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परीक्षणमा ५ जना संक्रमित थपिएका हुन् ।

शनिवार थपिएका संक्रमितमध्ये भुमि सुधार तथा मालपोत कार्यालय नेपालगञ्जका लेखा अधिकृतसहित ८ जना कर्मचारी र ७ जना सेवाग्राही रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा डीसीसीएमसीका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार नयाँ संक्रमितहरुमध्ये नेपालगञ्जका १५, कोहलपुरका ३, राप्तीसोनारीका १, बर्दियाका २ तथा दाङ र सखुवासभाका एकएक जना गरी ४० जना छन् ।

बाँकेमा आज थपिएसँगै बाँकेमा संक्रमण पुष्टि भएकाहरुको संख्या १४०४ पुगेको छ भने ८ जनाको मृत्यु भएको छ , जिल्लामा ९८५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : १८ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले