२ मंसिर २०८२, मंगलबार | November 18, 2025

चीनद्वारा नेपाललाई ५ हजार थान टेन्ट सहयोग



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई पाँच हजार थान टेन्ट सहयोग गरेको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले प्राकृतिक विपदका बेला प्रयोगमा आउने पाँच हजार टेन्ट हस्तान्तरण गरिएको जानकारी गराएकी छिन् ।
राजदूत यान्छीले सामाजिक सञ्जाल टुवीटरमार्फत टेन्स सहयोग गरेको जानकारी गराएकी हुन् ।

ट्वीटरमा उनले लेखेकी छिन्, ‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली साथीहरुलाई सफलतापूर्वक हस्तान्तरण गरिसकेका छौं । प्राकृतिक विपद र कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्नका लागि हामीले आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं।’

नेपालमा आइपर्ने हरेक विपत्तिमा चीनले विभिन्न सहयोग गर्दैआएको छ । कोरोना महामारी फैलिएपछि चीनले मेडिकल मास्क, पीपीई लगायत अन्य स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ ।

चीन सरकार र चीनका विभिन्न सहयोगी संगठनहरुले नेपालमा गत भूकम्पकको बेलामा पनि सहयोग गरेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ५२ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो