५ पुस २०८२, शनिबार | December 20, 2025

सहस्रधारामा पहिरो खस्दा पोखरा– बागलुङ सडक अवरुद्ध



पर्वत । अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ ।

सडक माथिबाट पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरु मालढुङ्गामा अलपत्र बनेका छन् । पोखरातिरबाट आएका सवारी साधनहरु नयाँ पुलमा अलपत्र बनेका छन् ।

सडक पन्छाएर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । ठूलो मात्रामा ढुङ्गा र लेदो बगेर आएका कारण सडक खुलाउन केही समय लाग्ने उनले बताए।

सो स्थानमा गत साउनमा पनि ठूलो पहिरा र ढुङ्गा खस्दा सडक एकतर्फि मात्रै सञ्चालन हुँदै आएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ११ : ५९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता