४ पुस २०८२, शुक्रबार | December 19, 2025

आफ्नै ज्वाइँको हत्या अभियोगमा ससुरा पक्राउ



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा रैदासकै ससुरा सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शत्रुहनका ससुरा नेपालगन्ज उपमहानगरपालिका-२० नटनपुरुवाका नरेश चमार सहित अन्य ५ जना छन् । प्रहरीले चमार बाहेक अन्यको नाम खुलाएको छैन ।

माईत गएकी श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी घाईते बनाएको र घाईते रैदासलाई कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएर थप उपचारका लागि नर्सिंङहोम नेपालगंजमा पु-याएका थिए । नर्सिङहोममै उपचारको क्रममा रैदासको मृत्यु भएको थियो ।

रैदासको मृत्यु सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ४ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको