१० श्रावण २०८३, आइतबार | July 26, 2026

रुपन्देहीमा कोरोना पोजिटिभको संख्या १६४४, आईतबार थपिए १४ नयाँ संक्रमित



बुटवल । हप्ता भरीको रिपोर्ट संकलन गरेर शनिबार १२६ जना एकै दिन संक्रमित थपिएको बिवरण सार्वजानिक गरेको स्वास्थ्य कार्यालय रुपन्देहीले आईतबार भने जिल्लामा १४ जना मात्र नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा ५ जना नयाँ संक्रमित थपिएकाछन् भने तिलोत्तमा नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना तथा देवदह नगरपालिका, मायादेबी गाँउपालिका, ओमसतिया गाँउपालिका र कञ्चन गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक अस्पताल सहित केहि निजी अस्पतालले संक्रमितको बिवरण समयमा नपठाउने गरेकाले एकमुष्ठ आएका रिपोर्ट सार्वजानिक गर्दा शनिबार ठूलो संख्या देखिएको स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोना फोकलपर्शन केदारनाथ साहले जानकारी दिए ।

रुपन्देहीमा आज थपिएसंगै संक्रमितको कुल संख्या १६४४ पुगेको छ । जिल्लामा १५ जना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ५ : ३२ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस