४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देहीमा कोरोना पोजिटिभको संख्या १६४४, आईतबार थपिए १४ नयाँ संक्रमित



बुटवल । हप्ता भरीको रिपोर्ट संकलन गरेर शनिबार १२६ जना एकै दिन संक्रमित थपिएको बिवरण सार्वजानिक गरेको स्वास्थ्य कार्यालय रुपन्देहीले आईतबार भने जिल्लामा १४ जना मात्र नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा ५ जना नयाँ संक्रमित थपिएकाछन् भने तिलोत्तमा नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना तथा देवदह नगरपालिका, मायादेबी गाँउपालिका, ओमसतिया गाँउपालिका र कञ्चन गाँउपालिकामा १।१ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक अस्पताल सहित केहि निजी अस्पतालले संक्रमितको बिवरण समयमा नपठाउने गरेकाले एकमुष्ठ आएका रिपोर्ट सार्वजानिक गर्दा शनिबार ठूलो संख्या देखिएको स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोना फोकलपर्शन केदारनाथ साहले जानकारी दिए ।

रुपन्देहीमा आज थपिएसंगै संक्रमितको कुल संख्या १६४४ पुगेको छ । जिल्लामा १५ जना संक्रमितको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ५ : ३२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको