२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई पाँच हजार



सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई आइतबार राहतस्वरुप पाँच हजार रुपैयाँ वितरण गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले राहत हस्तान्तण गरे ।

युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रतिबालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

सो राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष सिंहले राहत रकम घरखर्चमा नभई बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे ।

खाँडो खोलाको बाढीले वर्षेनी बेल्ही गाउँ प्रभावित बन्दै आएको छ । यस्तै महुली, जिता खोला र सप्तकोशी नदीको सिपेजका कारण वडा नम्बर ४ कोइलाडी र वडा नम्बर ५ कोइलाडी बर्साइन प्रभावित बन्दै आएको छ ।

कोइलाडी र कोइलाडी बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम अधिकृत झाले जानकारी दिए । रासस

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ६ : २९ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै