१८ माघ २०८२, आइतबार | February 1, 2026

पोखरामा कार्यरत ७ प्रहरीसहित गण्डकी प्रदेशमा थप १९ जनामा संक्रमण पुष्टि



पोखरा । सोमबार पोखरामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको सोमबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ६ वडाका १७ जनासहित गण्डकी प्रदेशमा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ४ का ४५, ३७, २४, २९, २३ वर्षीय पुरुष, पोखरा वडा न.१७ का ३३, २७, २४ वर्षीय पुरुष, पोखरा वडा न.३३ का २३ वर्षीय पुरुष, पोखरा वडा न.१४ का २८, २५, ३७ वर्षीया महिला तथा २६, ४६, ६ वर्षीय पुरुष, पोखरा वडा न.७ का ४४ वर्षीय पुरुष, पोखरा वडा न.८ का २१ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका-४ र १७ का ७ जना कार्यरत प्रहरी हुन् । पोखरा महानगरपालिका-३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका थिए ।

महानगरपालिका-८ का २१ बर्षीय महिला कार्यरत स्वास्थ्यकर्मी पोखरा महानगरपालिमा कार्यरत स्वास्थ्यकर्मी हुन ।

संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद बिन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ८ : ०६ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा