४ पुस २०८२, शुक्रबार | December 20, 2025

कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु



बुटवल । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु भएको छ ।

बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।

कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे मृत्यु भएको लुम्बिनी प्रदेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

मिर्गौलाको समस्या रहेकी ति महिला भदौ २१ गते बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलाइसिस गराउन आएकी थिइन । उनमा कोरोना पोजेटिभ देखिएपछि बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको गौतमले बताए ।

उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको गौतमले खबरकुरालाइ बताए ।

गौतमका अनुसार कोरोना विशेष अस्थायी अस्पतालमा सोमबारसम्म १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ८ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको