२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बागलुङको जैमिनी टुनिवोटमा फेरि पहिरोको विपत्ती, एक जना वेपत्ता



बागलुङ । बालगुङको जैमिनी नगरपालिकाको टुनिवोटमा फेरि पहिरो गएको छ । पहिरोमा परि एक जना वेपत्ता भएका छन् ।

निरन्तरको वर्षापछि जैमिनी नगरपालिका–१ टुनीबोटमा सोमबार बिहान पनि पहिरो गएको हो । पहिरोले ५ घर पुगेको छ । घर माथिबाट पहिरो खस्ता ६१ वर्षीय हरिकृष्ण पौडेल वेपत्ता भएका हुन् ।

परिवारका अन्य ५ सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिएका छन् ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्‍याएको प्रहरीले बताएको छ ।

घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।

आइतबार बिहान गएको पहिरोमा परि जैमिनी नगरपालिका– १ कुश्मीसेरा टुनिवोटमा ६३ वर्षीया लक्ष्मीदेवी उपाध्यायको मृत्यु भएको थियो ।

यस्तै, जैमिनीकै वडा नं. ५ बिनामारेमा गएको पहिरोमा परि ७४ वर्षीया जालपा पौडेलको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस : बागलुङ जैमिनी नगरपालिकाको टुनिवोटमा पहिरो, १ जनाको मृत्यु

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : ३४ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म