१० श्रावण २०८३, आइतबार | July 26, 2026

बागलुङको जैमिनी टुनिवोटमा फेरि पहिरोको विपत्ती, एक जना वेपत्ता



बागलुङ । बालगुङको जैमिनी नगरपालिकाको टुनिवोटमा फेरि पहिरो गएको छ । पहिरोमा परि एक जना वेपत्ता भएका छन् ।

निरन्तरको वर्षापछि जैमिनी नगरपालिका–१ टुनीबोटमा सोमबार बिहान पनि पहिरो गएको हो । पहिरोले ५ घर पुगेको छ । घर माथिबाट पहिरो खस्ता ६१ वर्षीय हरिकृष्ण पौडेल वेपत्ता भएका हुन् ।

परिवारका अन्य ५ सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिएका छन् ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्‍याएको प्रहरीले बताएको छ ।

घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।

आइतबार बिहान गएको पहिरोमा परि जैमिनी नगरपालिका– १ कुश्मीसेरा टुनिवोटमा ६३ वर्षीया लक्ष्मीदेवी उपाध्यायको मृत्यु भएको थियो ।

यस्तै, जैमिनीकै वडा नं. ५ बिनामारेमा गएको पहिरोमा परि ७४ वर्षीया जालपा पौडेलको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस : बागलुङ जैमिनी नगरपालिकाको टुनिवोटमा पहिरो, १ जनाको मृत्यु

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ९ : ३४ बजे

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले

एमबीएस प्रश्नपत्र लीक प्रकरण : सिआइबीले सार्वजनिक गर्‍यो मुख्य आरोपीको नाम

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले त्रिभुवन

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा डुबानको मुख्य कारण त्यस