४ पुस २०८२, शुक्रबार | December 19, 2025

भीम अस्पताल भैरहवामा कपिलवस्तुका थप एक कोरोना संक्रमितको मृत्यु



भैरहवा । भैरहवामा रहेको भीम अस्पताल भैरहवामा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका ५ का एक ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार गरीएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले जानकारी दिए ।

दमको समस्या देखिएका उनको राती १०:२६ बजे मृत्यु भएको पोख्रेलले जानकारी दिए । भीम अस्पतालमा २० जना आइसोलेशनमा उपचाररत छन् भने ३ जना आइसीयूमा छन ।

यस्तै आज बिहान कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको