१५ बैशाख २०८१, शनिबार | April 27, 2024

६ बुँदे मागसहित डा. गोविन्द केसीको १९औं अनसन जुम्लामा सुरु



जुम्ला । डा. गोविन्द गोविन्द केसी फेरि अनसनमा बसेका छन् । चिकित्सा शिक्षा सुधारको मागसहित वर्षौपहिलेदेखि पटकपटक अनसन बस्दै आएका वरिष्ठ चिकित्सक डा. केसीले पछिल्ला केही अनसनमा सामाजिक सुधार र राजनीतिक माग समेत थपेका छन् ।

डा. केसीले यसपटक आफ्नो जीवनको १९औं अनसन जुम्मा जिल्लामा सुरु गरेका छन् । जुम्ला बजार नजिकैको सिंहचौरस्थित बाबिरा मष्ट मन्दिरमा केसी अनसनमा बसेका छन् ।

डा. केसी केही दिन पहिले जुम्मा सदरमुकाममै अनसन बस्ने योजनामा रहेका थिए । तर, प्रशासनले अनसन बस्न अवरोध गरेपछि केसी बजार क्षेत्र बाहिर पुगेर मन्दिर प्राङ्गणमा अनसन सुरु गरेका छन् । आफुले राख्दै आएका मागबारे पटकपटक सम्झौता हुने तर त्यसको पालना सरकारले कहिल्यै नगरेको आरोप केसीको रहेको छ ।

डा. केसीले यसपटक ६ बुँदे माग अघि सारेका छन् । केसीले आफ्नो पहिलो मागमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, सुदुरपश्चिमको गेटा मेडिकल कलेज र दाङको राप्ति विज्ञान प्रतिष्ठान लगायतमा पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रममा पठनपाठन सुरु गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने दोस्रो माग राखेका छन् ।

डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्चाउन र सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न माग गरेका छन् ।

यसैगरी, बालुवाटार जग्गाकाण्डमा संलग्न सत्तारुढ दलका नेतालाई कारवाही गर्न पनि उनले माग गरेका छन् ।

सबै प्रकरणका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि पनि छानविन र महाभियोगलगायतका कारबाही गर्न समेत उनले माग गरेका छन्।

डा. गोविन्द केसीले २०७५ असारमा जुम्मामै पुगेर अनसन बस्दा सरकारले हस्तक्षेप गरेको थियो । अनसनमा सरकारको हस्तक्षेपपछि त्यतिबेला जुम्मा तनाबग्रस्त बनेको थियो ।

 

डा. केसीका मागहरु के के छन् ?

१.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति प र्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस् । गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।

३. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस् ।

६. राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस् । यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस् । अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस् ।

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ३ : ३९ बजे

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा