१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा निवर्तमान अर्थमन्त्री डा. खतिवडा नियुक्त



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिने इच्छा पुरा नभएपनि सरकारले निवर्तमान अर्थमन्त्री डा.खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको हो । मन्त्रिस्तरीय सुविधा पाउनेगरी खतिवडालाई प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गरेको परराष्ट्रमन्त्री तथा सरकारका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

डा. खतिवडाको अर्थमन्त्री कार्यकालको एकपटक म्याद सकिएर थपिएको म्याद पनि गत भदौ २० गते सकिएपछि उनले अर्थ राजीनामा दिएका थिए।

उनलाई राष्ट्रिय सभा सांसद नियुक्त गरी अर्थमन्त्रीको रुपमा पनि निरन्तरता दिने प्रधानमन्त्रीको प्रयास पार्टी भित्रको बिबादका कारण असफल भएको थियो । गत २०७६ फागुनमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीको ईच्छा बिपरित उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा पठाउने निर्णय गरेपछि डा। खतिवडाको पद धरापमा परेको थियो ।

संविधानको व्यवस्थाअनुसार मन्त्री बन्नका लागि अनिवार्य प्रतिनिधि सभा वा राष्ट्रियसभा सदस्य हुनैपर्ने र नभएको अवस्थामा मन्त्री नियुक्ति भएको दुईसभा मध्य कुनै सभाको सदस्य बन्नै पर्ने संवैधानिक व्यवस्थाका कारण खतिवडाको अर्थमन्त्री पदले निरन्तरता पाउन सकेको थिएन । अनुसार उनी मन्त्री पदमा रहिरहनबाट बन्चित भएका थिए।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ९ : ३६ बजे

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना