५ श्रावण २०८३, मंगलबार | July 21, 2026

असोज १ देखि चन्द्रागिरि केवलकार सञ्चालन हुने



काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेकाे चन्द्रागिरि केवलकार सञ्चालनमा अाउने भएकाे छ ।

विगत ६ महिनादेखि बन्द रहेकाे चन्द्रागिरि केवल कार भाद्र २९ गते बसेकाे नेपाल सरकारकाे मन्त्री परिषदकाे निर्णयलाई टेकेर सञ्चालन गरिन लागेकाे चन्द्रागिरि हिल्सले जनाएको हाे ।

केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असाेजबाट केही खुकुलो बनाउने निर्णय गरेसँगै बन्द रहेकाे थियो । तर, अब पर्यटकीय हव चन्द्रागिरि केवलकार विशेष सुरक्षा विधि अपनाएर भाेलि असोज १ गतेदेखि सञ्चालनमा आउने चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहले बताए ।

‘कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी चन्द्रागिरि केबलकार भाेलि बिहीबारबाट सञ्चालनमा ल्याउने तयारी गरेका छाैं’, शाहले भने ।

राजधानीमा जारी निषेध आदेश र लकडाउन केही खुकुलो भएसँगै अहिले काठमाडाै उपत्यकाभित्रका विभिन्न व्यापार/व्यवसाय पनि बिस्तारै चलायमान भइरहेका छन् ।

चन्द्रागिरि केवलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन पनि तयारी थालिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।

केवलकार सञ्चालन आएपछि एउटा कारमा ८ जना यात्रा गर्न पाईने छैन भने अबदेखि एउटा कारमा सामाजिक दुरी कायम गर्दै चार जना मात्रै यात्रा गर्नुपर्ने कम्पनीले नियम कायम गरेकाे छ ।

सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ’, महाप्रबन्धक शाहले भने, ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा विस्तारै सञ्चालन गरिनेछ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट समेत सञ्चालनको तयारी गरेको छ ।

निश्चित क्षमतामा मात्रै भए पनि सरकारकाे यस्तो निर्णयले कोरोनाले संकटको अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सकिने शाहकाे दावी छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ९ : ३७ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले