२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बुटवलमा कोरोनाको ग्राफ उकालो चढ्यो, एकै दिन ४२ जना थपिए कोरोना संक्रमित



बुटवल । बिहिबार अलि सुस्ताएको बुटवलको कोरोनाको कहरले शुक्रबार फरि उग्र रुप लिएको छ । उपमहानगरमा मात्र शुक्रबार ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

बुटवल उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुटवलको ९, ११ र १३ नम्बर वार्डमा ५।५ जना नयाँ संक्रमित थपिएका छन् भने वार्ड नम्बर ३,४ र १२ मा ४।४ जना, वार्ड नम्बर ८ मा ३ जना, वार्ड नम्बर १, ६ र ७ मा २।२ जना, वार्ड नम्बर २ मा १ जना तथा वार्ड नखुलेका ५ जनामा शुक्रबार कोरोना पुष्टि भएको बुटवल उपमहानगर स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले बताए ।

सिंहका अनुसार बुटवलमा कुल संक्रमितको संख्या ६८६ पुगेको छ भने ३७२ जनाले कोरोना जीतेर घर फर्केका छन् । बुटवलमा ७ जनाको मृत्यु भएको छ र ३१४ जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ४ : ५० बजे

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना

सत्तापक्ष र प्रतिपक्षको एकै स्वर – वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले वैचारिक विविधतालाई थाँती