१ पुस २०८२, मंगलबार | December 17, 2025

कृषिमन्त्री भुषालको स्वीकारोक्ति – ठेकेदारले बद्मासी गरे, समयमा मल ल्याउन सकेनौं



काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले ठेकेदारहरुको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुषालले साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजना अनुसार काम अघि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको स्वीकार गरे ।

मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने जिकिर गरे ।

विगत ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरुका लागि समस्या उत्पन्न भएको उनले जिकिर गरे ।

मन्त्री भुषालले भने, ‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन । सम्झौता गरेपछि एलसी गर्न आएनन । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुप-यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ ।

असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आए रवितरण गर्नुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’’

मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले जिकिर गरे ।

विगतमा किसानहरुले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफै ल्याउने गरेपनि यो वर्ष लक डाउनका कारण सम्भव नभएपछि समस्या भएको उहाँको भनाई छ ।

कृषि सामग्री कम्पनीले सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई सोमबार पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।

दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६(०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५—२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ६ : ३६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष