१० श्रावण २०८३, आइतबार | July 26, 2026

‘राज्यप्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिन्छ’ : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरुद्ध अब कोही पनि लाग्न नपर्ने बताएकाछन् ।

संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफैले आफ्ना लागि बनाएको राज्य प्रणालीमा खाल्डाखुल्डी भए सम्याउन सकिने बताएका हुन् ।

तर, यसलाई सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैं यसका बिरुद्धजानी नजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित नहुने जिकिर गरेका छन् ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका छन्, ‘लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो संघर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताका बिरुद्ध नेपाली जनतालाई परिचालित ग-यौं । ढाल्नु पर्ने र फाल्नु पर्नेसत्ताको रुपमा हामीले बिरोधको निशाना बनाएको राज्य ब्यवस्था, संविधानसभाद्वारा संविधान जारी भएसँगै समाप्त भयो । हामी अहिले जनताद्वारा, जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन गरिरहेका छौं ।’

ओलीले थप भनेका छन्, ‘अब प्रश्न उठ्छ– आफैंले, आफ्ना लागि लागि बनाएको यो ‘राज्य प्रणाली’मा खाल्डा/खुल्डी भए सम्याउन सकिन्छ । तर यसलाई सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैं यसका बिरुद्धजानीनजानी माहोलखडा गर्नु कुनै पनि हालतमा उचित हुनै सक्दैन ।’

यो संविधान र व्यवस्थाको मात्रै होइन,राष्ट्रिय अखण्डताकै विकल्प खोज्छु भन्ने शक्ति निःशर्त राजनीतिक मूलधारमा समावेश भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले आफुले पहिला पनि संविधानका कुनै धारा र दफाले कहिँकतै अधिकार ओझेलमा परेको भन्ने बुझाई भए सच्चाउन सकिने बताएको स्मरण गरे ।

उनले भने, ‘हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो । यसैलाई मियो मानी सबै दल/समूहहरु राष्ट्रिय मूलधारमा सामेल भईसिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं । आशंका वा अस्पष्टताहरु छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु ।’

सम्बोधनको पूर्णपाठ

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/09/Address-by-Rt.-Hon.-PM-on-Consttution-Day_2077-converted-1.pdf” title=”Address-by-Rt.-Hon.-PM-on-Consttution-Day_2077-converted”]

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : ४७ बजे

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत