२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

यूएईको बुर्ज खलिफामा आज साँझ नेपाली राष्ट्रिय झण्डा फहराउने



काठमाडौं । संविधान दिवसको अवसरमा स्वदेश सङ्गै बिदेशमा पनि नेपालीहरुले बिबिध कार्यक्रमहरु गर्ने गरेका छन् । अन्तराष्ट्रका बिभिन्न देशमा भएका राजदुतावासहरुले संबिधान दिवसका अवसर पारेर बिबिध कार्यक्रम गर्ने गर्दछन् । यस वर्ष पनि संबिधान दिवसका अवसरमा युएईस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराउने भएको छ ।

संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा फहराईने युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै आज (शनिबार) साँझ ८ बजे दुबईस्थित बुर्ज खलिफा र अबुधाबीस्थित एडनोक भवनमा नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम तय भएको जनाएको छ ।

दूतावासको अनुरोधमा अघिल्लो वर्ष पनि संविधान दिवसको अवसरमा सो भवनमा पहिलोपटक नेपालको राष्ट्रिय झण्डा फहराईएको थियो । सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको बुर्ज खलिफा भवनको उचाई ८२९.८ मिटर छ । दुतावासका अनुसार ईलेक्ट्रिक प्रविधिद्धारा सो भवनमा नेपालको झण्डा अंकित डिजिटल लाईट बालिने छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : ३३ बजे

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले