१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

सुदूरपश्चिम प्रदेशमा ७६ हजारको कोरोना परीक्षण



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड-१९का शङ्कास्पद ७६हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ ।

यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब ६१ प्रतिशत हो ।

प्रदेशमा निको हुने (डिस्चार्ज) दर ८६ दशमलब ९३ प्रतिशत छ । शनिबारसम्म कूल सङ्क्रमित मध्ये पाँच हजार ७३१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण दुई दशमलब ९९ प्रतिशत अर्थात् ७६ हजार ५२७ जनाको नमूना परीक्षण गरिसकिएको छ ।

यसै बीच पछिल्लो २४ घण्टामा कैलाली, डडेलधुरा, दार्चुला, बझाङ, र बैतडी जिल्लाका गरी थप ३९ जनामा कोरोना सङक्रमणको पुष्टि भएको छ । प्रदेशमा पछिल्ला दिनमा सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । गएको २४घण्टामा थप ३२ जनामा सक्रिय सङ्क्रमण देखिदा कूल सक्रिय सङ्क्रमित ८४९ जना पुगेका छन् ।

कैलालीमा सबै भन्दा बढी ४४० जना सक्रिय सङ्क्रमित पुगेका छन् । यस्तै डोटीमा ११९, बैतडी ६७, अछाम ६६, बझाङ ६१, कञ्चनपुर ४५, दार्चुला ३० डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय सङ्क्रमित पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम, उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी समेत सङ्क्रमित हुन थालेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड-१९ का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत गत विहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ । हाल सम्म कोरोना सङ्क्रमणवाट कारण कैलालीका सात, बझाङ र बाजुराका दुई/दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : ०० बजे

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला