१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी




काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ ।

पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै सचिवालय सदस्यहरु सहभागी छन् ।

पार्टी एकतापूर्व माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा नेकपाको बैठकहरु हुने गरेको थिएन । पार्टीका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्री निवास बालुवाटार र केन्द्रीय कार्यालय धुम्बाराहीमा भैरहेको अवस्थामा पहिलोपटक पेरिसडाँडामा बैठक बसेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी भैसकेपछि पेरिसडाँडामा बैठक बस्नुलाई कतिपय राजनीतिक पण्डितहरुले अर्थपूर्ण रुपमा विश्लेषण गरेका छन् ।

यद्यपी नेकपा महासचिव विष्णु पौडेलले भने कोरोना संकटको बीचमा बैठक बस्दा सामाजिक दूरी कायम गरी बस्नुपर्ने भएको र पेरिसडाँडामा यो सुविधा रहेको बताएका थिए । पौडेलले पेरिसडाँडा नेकपाको आफ्नै कार्यालय भएका कारण आवश्यकता पर्दा जहाँ पनि बैठक हुनसक्ने बताएका थिए ।

बैठक अहिले पनि जारी छ । बैठकमा गत भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णयहरुलाई कार्यान्वयनको विषयमा मुख्य छलफल हुँदैछ । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताको बाँकी कार्यभार पुरा गर्ने विषय, रिक्त संवैधानिक निकायमा पदपूर्ति लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

यसैबीच बैठकस्थलमा प्रवेश गर्न खोज्ने बालिका खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आफ्नो सम्बन्ध रहेको भन्दै लामोसमयदेखि विवादमा रहेकी खड्का जवरजस्ती कार्यालय प्रवेश गर्न खोजेपछि पक्राउ परेकी हुन् ।

उनले केही दिनअघि मात्रै राईसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै पहिला अदालतमा दायर गरेको अंशमुद्दा फिर्ता लिएकी थिइन ।



प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : १८ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका