१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेकपा सचिवालय बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु भएको छ ।

आज बसेको नेकपा सचिवाल बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे औपचारिक छलफल सुरु भएको हो ।

पेरिसडाँडामा पहिलोपटक बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा चारवटा एजेण्डामध्ये आज मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत छलफल मात्रै सुरु भएको छ ।’, आज व्यक्तिका विषयमा कुनै छलफल नभएको पनि उनले जानकारी दिए । उनले भने, ‘बैठकमा पनर्गठनका बारेमा विभिन्न कोणबाट सुझाव दिइएको छ, व्यक्तिहरुका नामका बारेमा भने आज हामी प्रवेश गरेका छैर्नौँ।’

स्थायी कमिटीको निर्णय अनुसार नै मन्त्रिपरिषद् पुनर्गठन गर्नेगरी छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

सचिवालय बैठकमा चार वटा एजेण्डामा मन्त्रिपरिषद् पुनर्गठन बाहेक संवैधानिक निकायमा नियुक्ति, पार्टीको सांगठनिक एकताका बाँकी काम पुरा र विविध रहेका छन् ।

बैठक भोलि दिउँसो १ बजेबस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले जनाकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ३ : ४३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्