३ पुस २०८२, बिहिबार | December 19, 2025

वामदेवको राष्ट्रियसभा सदस्यता विरुद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा नियुक्ति गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

रिट निवेदनमा गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न रोक्नु भन्ने आदेश माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति संविधान विपरित भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेका छन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभाको रिक्त एक पदमा नियुक्त गरेकी थिइन । पूर्व अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएपछि ६ महिनादेखि सो पद रिक्त रहेको थियो ।

त्रिपाठीले प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको जिकिर गरेका छन् ।

यससम्बन्धमा बुधबार पेशी तोकिने भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : १० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको