१० श्रावण २०८३, आइतबार | July 26, 2026

बङगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने



काठमाडाैं । बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्ने भएको छ ।

साेमबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन् ।

बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उनले बताए । उनले रासायनिक मलको नियमित तथा दीर्घकालीन आपूर्तिका लागि भारत सधै तयार रहेको बताए ।

छलफलमा द्धिपक्षीय सम्बन्ध, खाद्य गुणस्तर मापन, क्वारेन्टिनको प्रभावकारिता लगायतका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

ढुवानीका लागि बोलपत्र आह्वान

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले कृषि मन्त्रालयलाई सापटीमा मल ल्याउने अनुमति दिएपछि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई जिम्मा दिएको छ ।

मन्त्रालयले अनुमति दिएसगैँ कृषि सामग्री कम्पनीले सात दिनको समय राखेर बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ । गत शनिबार बोलपत्र आह्वान भएको जानकारी दिइएको छ ।

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा देशभर मल अभाव भएको थियो । किसानको मागअनुसार मल नआएपछि मन्त्रालयले बंगलादेशबाट सापटीमा मल ल्याउन लागेको हो ।

सापटीमा मल ल्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदसँग टेलिफोनमा कुरा भएको थियो । रासस

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : ३२ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले